November 19, 2017

राष्ट्रिय कविता महोत्सव ०७४ को सन्दर्भमा काव्य विमर्श कार्यक्रमको आयोजना

काठमाण्डौ, ८ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले हिरक महोत्सवका अवसरमा काठमाण्डौमा नेपाली कवितामा शिल्प विषयक काव्य विमर्श कार्यक्रमको आयोजना गरेको छ ।

प्रज्ञा भवनमा बिहीबार राष्ट्रिय कविता महोत्सव ०७४ को सन्दर्भमा काव्य विमर्श आयोजना गरिएको हो । हिरक महोत्सवकाका अवसरमा प्रतिष्ठानले विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले महोत्सवका अवसरमा साहित्यिक स्रष्ठा सम्मान, वाङ्मय गोष्ठि लगायतका कार्यक्रमको समेत आयोजना गरिएको जानकारी दिए ।

हिरक महोत्सवका अबसरमा प्रतिष्ठानले बिहीबार नै प्रतिष्ठान परिसरमा बृहत् सरसफाई कार्यक्रमको समेत आयोजना गरेको थियो ।