अफगानिस्तानमा कार बम विस्फोटः २४ को मृत्यु, ६० बढि घाइते

काठमाण्डौ, ८ असार । अफगानिस्तानमा कार बम विस्फोटमा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढि घाइते भएका छन् ।

उक्त विस्फोट न्यु काबुल बैंकको शाखा रहेको स्थान लस्करगह भन्ने ठाउँमा घटेको सञ्चारमाध्यमहरुले जनाएका छन् । यो घटना केही दिन अघि मात्र पाकतिया प्रान्तमा भएको कार बम विस्फोट पछिको हो । उक्त घटनामा पनि ६ प्रहरीले ज्यान गुमाएका थिए ।

यद्दपि यो घटनाको बारेमा कुनै समूहले जिम्मेवारी लिएको छैन ।