नेपालको शैक्षिक क्षेत्र सुधारका लागि ‘आईडीए’ काे रु. १९ अर्ब ५ करोड ऋण सहायता

काठमाण्डौ, ८ असार । अन्तर्राष्ट्रिय विकास महासंघ ‘आईडीए’ ले नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि रु. १९ अर्ब ५ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा अर्थ सचिव शान्तराज सुवेदी र ‘आईडीए’ का राष्ट्रिय निर्देशक तकुया कामताबीच ऋण सहायता उपलब्ध गराउने विषयमा सम्झौता भएको हो । शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन हुने शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि ‘आईडीए’ ले नेपाल सरकारलाई रु. १९ अर्ब ५ करोड ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव सुवेदीले बताए ।

‘आईडीए’ ले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रको विकासमा पनि चासो राख्दै आएको छ ।