September 25, 2017

यौन शिक्षा सञ्चालनका लागि सञ्चारकर्मीहरुलाई अभिमूखीकरण तालिम दिइने

काठमाण्डौ, ८ असार । ‘सिसो’ नेपाल नामक संस्थाले औपचारिक तथा अनौपचारिक रुपमा बृहत्तर यौनिकता शिक्षा सञ्चालन गर्न सञ्चारकर्मीहरुलाई अभिमूखीकरण तालिम दिने भएको छ ।

सिसो नेपालले बिहीबार राजधानीमा आयोजित कार्यशाला गोष्ठिमा यस्तो जानकारी दिएको हो । नेपालको शैक्षिक पाठ्य पुस्तकहरुमा यौनिकता सम्बन्धी पाठ्क्रमहरु नभएकाले त्यसका लागि सञ्चार माध्यम मार्फत निरन्तर रुपमा पैरवी गरिरहने संस्थाले जनाएको छ । उमेर अनुसारको यौनिकता शिक्षा प्रदान गर्ने र सामाजिक, सांस्कृतिक रुपमा सान्र्दभिक हुने किसिमको जानकारीहरु प्रदान गर्ने संस्थाले जनाएको छ ।

साथै किशोरी र महिलाहरुले प्रयोग गर्ने गरेको गर्भ निरोधक औषधी प्रयोग गर्दा महिनावारी तथा पाठेघरमा समस्या आउने हुनाले त्यस्ता औषधीहरु प्रयोग नगर्न सुझाव समेत दिएको छ । संस्थाले ११ सय ३४ स्वास्थ्य संस्थामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सुरु गरेको छ ।

त्यस्तै १४ जिल्लाका १ सय ५७ वटा विद्यालयमा सूचना, शिक्षा र सञ्चारका सामग्रीहरु सहित किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना गरेको जानकारी पनि दियाे ।