पुर्व क्षेत्रको शान्ति सुरक्षा बुझन गृह मन्त्री शर्मा रंगेली पुगे

मोरङ्ग ८ असार । असार १४ गते हुन लागेकाे  दोस्रो चरणकाे स्थानिय तहको निर्वाचनको शान्ति सुरक्षाको अवस्था बुझन  गृह मन्त्री जर्नादन शर्मा रंगेली पुगेका छन् ।

आज इलाका प्रहरी कार्यालय रंगेलीको निरिक्षण पश्यात नागरिक सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले स्थानिय निकायको निर्वाचन पछि देशमा स्थायित्व कायम हुने भन्दै मतदाताहरुले भयरहित ढंगले मतदान गर्ने वातावरण बनाउनु सबै दलको प्रमुख कर्तव्य भएकाले सबै दलहरु जिम्मेवार बन्नु पर्ने बताए ।

गृह मन्त्री  शर्माले सिंहदरवारको अधिकार अहिले जनताको घर दैलोमा आएकाले अब जनताले आफनो भाग्य आफै कोर्ने हुदा स्थानिय निकायको निर्वाचनमा ढुक्क भएर मत अधिकार प्रयोग गर्न सबैलाई अग्रह गरेका छन् । यस्तै १५ वर्ष भित्र राष्ट्रलाई समृद्ध बनाउन सकिने प्रश्स्त सम्भावनाहरु रहेकाले त्यसलाई पुरा गर्नकालागी विभिन्न संयन्त्र र योजना बनाएर भष्ट्रचारका विरुद्ध उभिनु पर्ने संकल्पकोे खाचो रहेको बताए ।