Breaking News

बसकाे ठक्करबाट सैनामैनामा गएराति दुईजनाको मृत्यु

रुपन्देही, ८ असार । रुपन्देही सैनामैनामा गएराति बसले  मोटरसाइकललाइ ठक्कर दिँदा  मोटरसाइकल सवार दुईजनाको मृत्यु भएकाे छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा सैनामैना–६ का २३ वर्षका युवराज घिमिरे र गुल्मी अग्लुङ्ग की २९ वर्षकी सीता चन्द रहेको मुर्गिया प्रहरी चौकीले जानकारी दिएको छ  ।

घिमिरेको भने घटनास्थलमै मृत्यु भएकाे र चन्दको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पतालमा मृत्यु भएकाे हाे ।मोटरसाइकललाई ठक्कर दिने बस चालक  युवराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

shares