August 19, 2017

प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श

काठमाण्डौ, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका आयुक्तहरुसँग परामर्श गरेका हुन् । सरकार र संघीय गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा उनले आयुक्तहरुको राय बुझेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले दुई चरणमा निर्वाचन गर्न सकिने स्थिति, आयोगको अफ्ठ्यारो र प्राविधिक तयारी लगायतका विषयमा चासो राखेका थिए ।