September 26, 2017

रामदेवका औषधि स्तरहीन : बजारबाट फिर्ता लिन सरकारकाे आदेश

काठमाण्डाै, ८ असार । योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ ।

रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्रीविरण हुने ६ वटा औषधि गुणस्तरहीन ठहर भएको हो । दुई साता अघि पनि रामदेवका ४ वटा औषधि गुणस्तरहीन ठहर भएपछि सरकारले फिर्ता लिन आदेश दिएको थियो ।

औषधि विभागले आवलाचुर्ण, दिव्य गैसहर चूर्ण, बकुची चूर्ण, त्रिफला चूर्ण, अश्वगन्धा चूर्ण र अदित्य चूर्ण ‘माइक्रोबियल’ परीक्षणमा सफल नभएको जनाउँदै फिर्ता लिन आदेश दिएको हो । याे खबर कान्तिपुर दैनिकमा छ ।