Breaking News

योग शिक्षालार्इ विद्यालय तहदेखि नै दिनु पर्नेमा प्रधानमन्त्रीकाे जाेड

काठमाण्डौ, ७ असार। ३ अाैँ विश्व योग दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाईन्छ । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन् ।

दिवसका अवसरमा बुधबार आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताए ।

उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेख्नुभएको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गरेका छन् ।

 

shares