August 16, 2017

बेलायतमा ५९ प्रतिशत नागरिक वायु प्रदूषणग्रस्त क्षेत्रमा रहन्छन्

काठमाण्डौ, १० वैशाख । बेलायतको लेबर पार्टीले गरेको विश्लेषणका अनुसार बेलायतमा ५९ प्रतिशत नागरिक धेरै वायु प्रदूषण हुने क्षेत्रमा रहेको देखाएको छ ।

त्यस्ता इलाकाहरुमा नाइट्रोजन डायक्साइड (एनओटु) को स्तर ४० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढि रहेको छ । यो स्तर मानकभन्दा धेरैले बढि हो ।

बेलायतमा प्रतिवर्ष नाइट्रोजन डायक्साइडको उत्सर्जनले गर्दा २३ हजार ५ सय मानिसहरुको समयपूर्व नै मृत्यु हुने गरेको छ ।