आईतबार सम्मका लागि संसद बैठक स्थगन

काठमाण्डौ, १० वैशाख । व्यवस्थापिका–संसदको बैठक सूचना टाँस गरी सोमबारसम्मका लागि स्थगन गरिएको छ ।

आईतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगन गरिएको संसद सचिवालयले जनाएको छ । बैठक सोमबार अपराह्न १ बजे बस्ने भनिएको छ । मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त नभई सकेकाले बैठक स्थगन भएको बताइएको छ ।

यसअघि बिहीबार बसेको संसदको बैठक कोरम नपुगेका कारण आजका लागि सारिएको थियो । संसदको यसअघिका बैठक मधेशी मोर्चाले लगातार बहिष्कार गर्दै अएको छ ।