चीनियाँ उपविदेशमन्त्री आइ पिङ्ग तीनदिने नेपाल भ्रमणमा

काठमाण्डौ, ५ असार । चीनियाँ उपविदेशमन्त्री आइ पिङ्ग तीनदिने नेपाल भ्रमणमा आएका छन् ।

सोमबार अपरान्ह नेपाल आउनुभएका उपविदेशमन्त्रीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन विमास्थलमा स्वागत गरेका थिए । उनको भ्रमणका विषयमा मंगलबार परराष्ट्र मन्त्रालयले जानकारी दिने बताएको छ ।

उपविदेशमन्त्री पिङ्को नेपाल भ्रमण मैत्रीपूर्ण रहेको मन्त्रालयको भनाई छ ।