August 22, 2017

सातौं राष्ट्रिय ललितकला प्रर्दशनी २०७४ सुरु

काठमाण्डौ, ५ असार । सातौं राष्ट्रिय ललितकला प्रर्दशनी २०७४ सोमबारबाट काठमाण्डौमा सुरु भएको छ ।

काठमाण्डौको बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो । ललितकला प्रर्दशनीमा देशभरका कलाकारहरुको हस्तकला मूर्तिकला, श्रृजनात्मक कला प्रदर्शीत छन् । प्रर्दशनीको उद्घाटन गर्दै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले मानव ज्ञान, विवेक सिर्जना गर्न र समाजमा शिक्षाको उज्यालो फैलाउन कलाकारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

कार्यक्रममा कलाकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । उक्त चित्रकला प्रदर्शनी यही असार २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।