October 18, 2017

काठमाण्डौ उपत्यका प्राधिकरणले भवन निर्माणका सम्बन्धमा स्थानीय प्रतिनिधिसँग छलफल गर्‍यो

काठमाण्डौ, ५ असार । उपत्यकामा भवन निर्माण सम्बन्धी मापदण्डका विषयमा काठमाण्डौ उपत्यका विकास प्राधिकरणले उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिसँग छलफल गरेको छ ।

सोमबार काठमाण्डौमा भएको छलफलमा प्राधिकरणले भवन निर्माण सम्बन्धी मापदण्ड, बाहिरी चक्रपथ निर्माण लगायतका बिषयमा स्थानीय तहका प्रतिनिाधलाई जानकारी गराएको थियो । ‘बस्ती विकास शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२’ कार्यान्वयनमा आइसकेको अवस्थामा जनताले भोग्नुपरेका समस्या र सामाधानका विषयमा छलफल केन्द्रित थियो ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले काठमाण्डौ उपत्यकामा रहेका नगरवासीको संख्या बढ्दै गएको अवस्थामा पूर्वाधारको विकासमा पनि जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्राधिकरण भवन निर्माणका प्रचलित मापदण्ड, सम्भावित परिमार्जन, आपतकालीन राहत क्षेत्र लगायतका बिषयमा समेत जानकारी गराएको थियो ।