October 19, 2017

च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र मोनाको विजयी

काठमाण्डौ, ३१ चैत्र । च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र मोनाको विजयी भएका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत सम्पन्न क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड, एथ्लिट्को म्याड्रिड र मोनाको विजयी भएका हुन् । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट २ गोलसँगै रियल म्याड्रिडले वायर्न म्यूनिकमाथि २–१ को जित निकाल्यो । २५ औं मिनेटमा अरटुरो भिडलले वायर्नलाई अग्रता दिलाए । त्यसपछि क्रमशः ४७ र ७७ औं मिनेटमा रोनाल्डोले २ गोल गर्दै रियलको जित सुनिश्चित पारे ।

त्यस्तै अर्को खेलमा एथ्लिट्को म्याड्रिडले लेष्टर सिटीलाई १–० गोल अन्तरले हरायो । एथ्लिट्कोको जितमा एकमात्र निर्णायक गोल २८ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गरे ।

अर्को खेलमा मोनाकोले बोरुसिया डर्टमण्डमाथि ३–२ को सफलता हात पार्‍यो । मोनाकोको जितमा दुई गोल मेपेले गरे भने एक गोल उसले आत्मघाती गोलको रुपमा उपहार पाएको थियो ।