August 19, 2017

‘८५ प्रतिशत अमेरिकी प्रौढ समाचारका लागि मोवाइलको भर पर्ने गर्दछन्’

काठमाण्डौ, ५ असार । ‘पिउ रिसर्च’ का अनुसार ८५ प्रतिशत अमेरिकी प्रौढहरुले मोवाइल फोनबाट नै समाचार प्राप्त गर्ने बताएको छ ।

यो तथ्यांकसँगै छापामाध्यमको अस्तित्व संकटमा पर्ने खतरा भएको औंल्याइएको छ । सन् २०१५ मो यो संख्या ७२ प्रतिशत थियो भने २०१३ मा ५४ प्रतिशत रहेको थियो । यसो हुनुमा व्यस्त जीवनशैलीलाई मुख्य कारक तत्वको रुपमा मानिएको पिउ रिसर्चले जानकारी दिएको छ ।

आश्चर्यचकित तथ्य के छ भने, ६५ वर्षभन्दा माथि उमेरका ६७ प्रतिशत जनसंख्याहरु पनि समाचारका लागि फोन र ट्याबमा निर्भर रहने गरेका छन् ।