बर्दघाट नगरपलिकालाई सुशासन र पारदर्शीको केन्द्र बनाउने कांग्रेस प्रतिनिधिहरुको जोड

प्रकाश न्याैपाने / नवलपरासी, ५ असार । नवलपरासी जिल्लामा रहेको बर्दघाट नगरपलिकालाई सुशासन र पारदर्शीको केन्द्र बनाउने नेपाली कांग्रेसका मेयरका उम्मेदवार विश्व प्रेम पाठकले बताएका छन् ।

बर्दघाट नगरपालिका वडन नं. १० धुर्कोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सदस्य समेत रहेका पाठकले बर्दघाट नगरपालिकालाई स्वच्छ, सफा र व्यवस्थित नगरका रुपमा विकास गर्दै नेपालको सुशासन र पारदर्शीको केन्द्रका रुपमा अगाडि बढाउने बताए ।

त्यस्तै कार्यक्रममा उपमेयर रमीता चौधरी, नेपाली कांग्रेसका जिल्ला सदस्य कुलदिप आचार्य, बर्दघाट वडा नं. १० का अध्यक्षका उम्मेदवार राजु मिश्र लगायतको उपस्थिति रहेको नगर सचिव पोषचन्द्र देवकोटाले जानकारी दिए ।