August 22, 2017

राज्यले सुनियोजित रुपमा हिंसा मच्चाएको राजपा अध्यक्ष ठाकुरको आरोप

खग प्रसाद चापागाई / कपिलवस्तु, ५ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले राज्यले मधेसको आन्दोलनमा सेना परिचालन गरेर सुनियोजित रुपमा हिंसा मच्चाएको आरोप लगाएका छन् ।

जिल्लाको विजयनगरमा आयोजना विरोध सभामा अध्यक्ष ठाकुरले सरकारले सुनियोजित रुपमा हिंसा मच्चाएर राजपाले गरेको आन्दोलन दबाउन खोजेको आरोप लगाएका हुन् । विरोध सभामा सदस्यहरु राजकिशोर यादव, अनिल झा र पार्टी नेता जितेन्द्र सोनल आदिले पनि आफ्नो विचार राखेका थिए ।

मधेसका माग पूरा नभएसम्म विरोधको कार्यक्रम नरोकिने बताउँदै शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा समेत राज्य पक्षबाट दमन गरिनु लोकतन्त्रको उपहास भएको राजपाको ठहर थियो । हामीहरुलाई जानकारी बिना नै उम्मेदवारी दिने पार्टीहरु विरोधी र अवसरवादी भएकाले उनीहरुको त्यो कदमले राजपाको विरोध कार्यक्रममा कुनै प्रभाव नपर्ने नेता ठाकुरकोे स्पष्टोत्ति थियो ।