October 17, 2017

राजपा नेता मनिष भन्छन्ः उपेन्द्र यादव सरकारबाट पैसा लिएर चुनावमा होमिए

काठमाण्डौ, ५ असार । राजपा नेपालका नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् । नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव वहिष्कार गर्दा पनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दूर्व्यवहार गरेको आरोप समेत लगाए ।

एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गरे । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले आफ्नो पार्टीले ४० प्रतिशतभन्दा बढि स्थानमा विजयी हाँसिल गर्ने दाबी गरे ।

साक्षात्कारमा नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले स्थानीय तहको निर्वाचन तीन चरणमा गराउनुको प्रमुख कारण नै एमाले भएको समेत आरोप लगाउन भ्याए ।