बझाङ वडा नं ५ काँडा गाउँपालिकामा एमाले प्यानल नै विजयी

काठमाण्डाै, असार ५ । बझाङ जिल्लाको उतरी क्षेत्र काँडा गाउँपालिकाको वडा नं ५ मा कुनै पनि पदमा अन्य दलकाे उम्मेदवारी नपर्दा नेकपा एमालेकाे सम्पूर्ण प्यानल  नै निर्विरोध निर्वाचित भएको छ ।

वडाअध्यक्षमा धनञ्जय बोहरा, महिला सदस्यमा अम्मरा बोहरा, पुरुष सदस्यहरुमा डबल बोहरा र कलु बोहरा रहेका छन् । यस वडामा दलितको बसोबास नभएका कारण दलित सदस्य पदमा कसैको उम्मेदवारी परेन ।

यता काँडा गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदकी उम्मेदवार अमृता विक पनि निर्विरोध निर्वाचित भएकी छन् । निर्वाचित अध्यक्ष बाेहराले वडामा रहेका विभिन्न खोला र नदीहरुमा झोलुङ्गे पुल निर्माण गर्नु र गोरेटो बाटोलाई चौडा बनाउने काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

त्यस्तै अरु निर्वाचित पदाधिकारीहरुले वडावासीको सल्लाह र सुझावमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्  ।