अध्यक्ष ओलीले समय माग्दा प्रधानन्यायाधीशकाे सिफारिस राेकियाे

काठमाण्डाै, ५ असार ।  साेमबार सिंहदरबारमा प्रधानन्यायाधीश सिफारिस गर्न बसेकाे संवैधानिक परिषद्काे बैठक विना निष्कर्ष  टुंगिएकाे छ।

न्यायपरिषद्ले सिफारिस गरेकाे सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि  विपक्षी दलका नेता केपी शर्मा ओलीले थप अध्ययन गर्न समय मागे पछि निर्णय हुन नसकेकाे हाे ।

अध्यक्ष ओलीले समय माग गरेस‌ँगै बैठक असार १५ गते बस्ने गरी स्थगित भएको छ । ओलीले कायम मुकायम न्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरबारे विवाद रहेको कुरा बैठकमा उठाएका थिए । आजको बैठकमा न्याय परिषद्ले सिफरिस गरेका ६ जना मध्येबाट प्रधानमन्त्री देउवाले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव पेश गरेका थिए ।