October 17, 2017

भारतीय नम्वर प्लेटको कारले ठक्कर दिदा सप्तरीमा एक वृद्धाकाे मृत्यु

दिनेश शर्मा/ राजविराज, ५ असार । भारतीय नम्वर प्लेटको कारले ठक्कर दिदा आइतवार राती सप्तरीमा एक वृद्धाको ज्यान गएको छ ।

विआर ३८ पि १९४८ नम्वरको कारको ठक्करवाट खड्क नगरपालिका–४ अमाहाकी ६० वर्षिया वृद्धा डोमी खातुनको ज्यान गएको हो । पूर्व जादै गरेको कारले राजमार्गवाट उत्तर तर्फ रहेको दिलसन मियाँको घर छेउमा रहेकी उनकै श्रीमती डोमीलाई राती ८ वजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएकी उनलाई उपचारको लागि सप्तऋषी अस्पताल लहान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कारमा वसेका सप्तरीको राजबिराज नगरपलिका–३ बस्ने ३० बर्षिय राजेन्द्र मण्डल समेत घाईते भएका छन् ।

उनको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।