October 23, 2017

‘काले दाई काले दाई’ बोलको गीतबाट चर्चामा रहेको चलचित्र ‘पर्व’ प्रदर्शनमा आउने

गुञ्जनराज गिरी / काठमाण्डौ, १० वैशाख । काठमाण्डौमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर र पोष्टर सार्वजनिक गरी आगामी जेठ १२ गतेबाट देशैभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

गोपीकृष्ण टिभिफिल्मी र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई सुवास गिरी र निकिता पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् भने चलचित्रमा कथा कोशिष क्षत्रिको रहेको छ ।

चलचित्र ‘पर्व’ मा नम्रता श्रेष्ठ, कोशिष क्षत्रि, माला लिम्बु, केशव भट्टराई, जिविका कार्की लगायतको प्रमुख भूमिका रहेको छ । उक्त चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् ।