दोस्रो किस्ता लिने भूकम्पपीडित न्यून,१८ अर्ब बैंकमै थन्कियो

काठमाण्डौ, ५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्प प्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ बैंकमै थन्किएको छ ।

पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको हाे । प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४ सय ४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर, दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ ।

पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्पपीडितले मात्रै दोस्रो किस्ता वापतको रकम लगेका छन् । जसका कारण दोस्रो किस्ताका लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किन पुगेको छ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।