यती कार्पेट इन्डस्ट्रिजमा आगलागी, डेढ अर्बको क्षति

भक्तपुर,४ असार । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको आगलागीबाट डेढ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

शनिबार राति  ११ः३० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाण्डाै र ललितपुरका आठ दमकलक साहेताले बिहान ७ः३० बजे आगलागी नियन्त्रणमा हाे । आगलागीका कारण १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको सामग्री क्षति भएको उद्योग व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिए ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित  उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागीबाट उद्योगका दुई वटा गाडी, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ ।

उद्योगमा राति ३५ जना कार्यरत कर्मचारी रहेकाे भए पनि मानवीय क्षति भने नभएको यादवले बताए ।  उद्योग नजिकै रहेकाे ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागी सुरु भएको थियो ।