August 18, 2017

निर्वाचनमा भाग लिने विषयमा मतभेद, फुट्यो संघीय गठबन्धन

काठमाण्डाै, ४ असार । स्थानीय तहको दोस्रो चरणमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फेरि विभाजित भएको छ ।

गठबन्धनमा आवद्ध दुई पार्टीले चुनावमा भाग नलिने गठबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन् । संघीय गठबन्धनमा आवद्ध संघीय लोतनान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्व कुमार लिङ्देल र संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व सम्झहाङ पालुङ्वाले गरेका छन् । लिङ्देनले राष्ट्रिय जनमुक्ति पार्टीसँग सहकार्य गरेर चुनावमा जाने बताएका छन् ।

उनले भने,‘ आलोचनात्मक रूपमा समर्थन गर्दै चुनावमा जाने वातावरण बनेको हो । हामीले चुनावमा जाने निर्णय गरेका छौ ।’  यो खबर नागरिक दैनिकमा छ ।