June 28, 2017

थाहा पाउनुस्,’प्लस टू’मा कुन विषय पढ्न कति जीपीए चाहिन्छ ?

काठमाण्डौ,४ असार ।  रुकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फारम भर्न पुगे ।

उनले २.८ जीपीए ल्याएका रहेछन् । अनिवार्य नेपालीमा भने ग्रेड डी मात्र । ‘उनी पढेको स्कूलले साइन्स पढ्न योग्य भनेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, ‘कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हनुपर्ने भन्नेबारे शिक्षा मन्त्रालयले आधार सार्वजनिक नगर्दा विद्यार्थीमात्र होइन, हामी पनि अन्योलमै छौँ ।

जीपीएका आधारमा विज्ञान पढ्न २.० जीपीए ल्याए हुन्छ, तर विषयगत आधारमा नेपालीमा डी प्लस ल्याउने पर्छ । उनले नेपालीमा डी प्लस नहुँदा विज्ञान पढ्न योग्य भएनन् । यदि ग्रेड वृद्धि परीक्षामा उनले नेपालीमा डी प्लस ल्याए भनेमात्र विज्ञान पढ्न पाउने छन् । उनी त उदाहरणमात्र हुन्, कति ल्याउँदा के पढ्न पाउने भन्ने जानकारी नभएर यस्तै समस्यामा परेका विद्यार्थीको संख्या धेरै छ ।

के पढ्न कति जीपीए चाहिन्छ त ?

– विज्ञान समूह अध्ययन गर्न  २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस तथा नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस

-व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस

– मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस

– प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस

–  इञ्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी तथा अंग्रेजीमा डी प्लस

– कृषि पढ्न अंग्रेजी, गणित र विज्ञानमध्ये एउटामा कम्तिमा डी प्लस ,

याे खबर कान्तिपुर दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *