आईसीसी च्याम्पियन्स् ट्रफीको उपाधि कसले जित्ला ?

काठमाण्डौ, ३ असार । भारत र पाकिस्तानबीच आईसीसी च्याम्पियन्स् ट्रफीको उपाधिका लागि भोलि भिडन्त हुने भएको छ ।

प्रतियोगिताको फाइनल खेल भोलि दिउँसो इंग्ल्याण्डको ओभलमा हुन लागेको हो । सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएर भारत फाइनल प्रवेश गरेको हो । यस्तै आयोजक इङ्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तानले भारतसँगको भेट पक्का गरेको हो । च्याम्पियन्स् ट्रफीको यस संस्करणमा भारत र पाकिस्तान दुबैले एक÷एक हार भोगेका छन् ।

समूह चरणअन्तर्गत भएको आफ्नो पहिलो खेलमा भारतद्वारा पाकिस्तान १ सय २४ रनले पराजित भएको थियो ।