संविधान संशोधनको माग गर्दै राजपाद्वारा लाठी जुलुस प्रदर्शन

काठमाण्डौ, ३ असार । संविधान संशोधनको माग गर्दै स्थानीय तह निर्वाचन विरोधी आन्दोलन गरिरहेको राजपा नेपालले शनिबार सप्तरी लगायत मधेशका जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

मधेश, थारुहट र लिम्बुवान बन्दको पूर्वसन्ध्यामा लाठी जुलुस प्रदर्शन गरिएको हो । दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णयमा आफ्नो सहमति नरहेको र आन्दोलनका पूर्वघोषित कार्यक्रम यथावत् राख्दै ३ र ४ गतेको आन्दोलनको कार्यक्रम थप गरिएको राजपाले जनाएको छ ।

यसैक्रममा सप्तरी सदरमुकाम राजविराज लगायत सिरहा, धनुषा, महोत्तरी, सर्लाही, पर्सा लगायतका जिल्लामा लाठी जुलुस निकालिएको छ ।