Breaking News

नेता नेपाल भन्छन्ः ‘२ नम्बर प्रदेशको चुनाव सारिनु नै प्रधानमन्त्री देउवा अनुत्तीर्ण हुनु हो’

काठमाण्डौ, ३ असार । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो परीक्षामा नै अनुत्तीर्ण भएको टिप्पणी गरेका छन् ।

संवाद क्लब नेपालको १४ औं वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा आज आयोजित कार्यक्रममा नेता नेपालले २ नम्बर प्रदेशको निर्वाचन र अन्य प्रदेशको उम्मेदवारी २ दिन पर सारेर प्रधानमन्त्री देउवा अनुत्तीर्ण भएको टिप्पणी गरेका हुन् । त्यस्तै आन्दोलनरत पक्षले भनेजस्तो स्थानीय तहको संख्या हेरफेर र संविधान संशोधन आवश्यकता नरहेको नेपालले बताए ।

कार्यक्रममा कांग्रेसका नेता प्रकाशशरण महतले भने मुलुकको हित र राष्ट्रिय एकताका लागि निर्वाचन सार्ने निर्णय गरिएको दाबी गरे । दुई दशकदेखि सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पत्रकार दिलीप थापामगरलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

shares