August 19, 2017

११ वर्षपछि ‘अवतार’ को सिक्वेल निर्माण हुँदै

काठमाण्डौ, १० वैशाख । सन् २००९ मा प्रदर्शनमा आएको चलचित्र ‘अवतार’ को सिक्वेल ‘अवतार २’ सन् २०२० डिसेम्बर १८ मा प्रदर्शनमा आउने उक्त फिल्मको फेसबुक पेजमा बताइएको छ ।

त्यसैगरी ‘अवतार ३’ सन् २०२१ डिसेम्बर १७, ‘अवतार ४’ सन् २०२४ डिसेम्बर ४ र ‘अवतार ५’ सन् २०२५ डिसेम्बर ५ मा रिलिज हुने बताइएको छ ।

२ सय ३७ मिलियन अमेरिकी डलरमा निर्माण भएको फिल्म ‘अवतार’ ले २.७ बिलियन अमेरिकी डलर कमाई गरेर सबै समयमा सर्वाधिक कमाई गर्ने फिल्महरुको सूचिमा पर्दछ ।