४ जीपीए ल्याएर रुपन्देहीका, आदर्श भए नेपाल टप

रुपन्देही, ३ असार । रुपन्देहीले यस बर्षपनि माध्यमिक शिक्षा परिक्षा (एसइई)मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ ।

रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कुलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेर नेपाल प्रथम भएका छन् । अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपीए) ४ अंक रहेकाे छ ।

शुक्रबार प्रकाशित २०७३ मा सञ्चालित एसइईको नतिजामा पाण्डे बोर्ड फस्ट भएको दावी विद्यालयका प्राचार्य कृष्ण शर्माले गरेका छन् । याे खबर   नेपाल समाचारपत्रमा छ ।