१ लाख बढि इराकी नागरिकलाई आइएसले प्रयोग गरिरहेको छः संयुक्त राष्ट्रसंघ

काठमाण्डौ, २ असार । संयुक्त राष्ट्र संघले ईराकी जनताहरुको भविष्य र अवस्थालाई लिएर नयाँ तथ्य खुलाशा गरेको छ ।

इस्लामिक स्टेट आतंकवादी संगठनले मोसुल सहरमा आफ्नो विद्रोह र आतंकवाद फैलाउनका लागि १ लाखभन्दा बढि इराकी नागरिकलाई प्रयोग गरिरहेको तथ्य सार्वजनिक गरेको हो । संयुक्त राष्ट्रसंघले भन्यो, ‘बिना खाना, बिना पानी र बिना बत्ति नागरिकहरुले गरिबीको बिग्रदो स्थितिको सामना गरिरहेका छन् ।’

आइएसले प्रमुख गढ मोसुल सहरमा पुनः कब्जा लिनको लागि सन् २०१६ अक्टोबर महिनामा आक्रमण सुरु गरेको थियो ।