नेपाल पत्रकार महासंघ काठमाण्डौको नयाँ नेतृत्वका लागि अाज निर्वाचन

काठमाण्डौ, १० वैशाख । नेपाल पत्रकार महासङ्घ काठमाण्डौको नयाँ नेतृत्वको लागि आईतबार निर्वाचन भएको छ ।

१० आैँ अधिवेशनको उद्घाटन र बन्द सत्र सकिएपछि आज नयाँ नेतृत्वको लागि निर्वाचन भएको मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । आजै साँझ मतगणना गरिने र परिणाम आउने उनले बताए । नयाँ नेतृत्वका लागि शन्तराम बिँडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी दिएका हुन् ।

चैत्रमा हुनुपर्ने अधिवेशन सदस्य विवादका कारण रोकिएको थियो । शाखामा करिब १ हजार तीन सय ५० मतदाता छन् ।