Breaking News

लण्डन आगलागीमा परी मर्नेको संख्या ३० पुग्यो

काठमाण्डौ, २ असार । पश्चिम लण्डनस्थित एक आवासीय अपार्टमेन्टमाभएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रहरी कमाण्डर स्टुआर्ट कन्डीका अनुसार आगलागीका बेला भवनमा कति मानिसहरु थिए भन्ने कुरा थाहा नभइसकेको र मृतकको संख्या अझ बढ्न सक्ने बताए।

सो अवसरमा ब्रिटेनकी महारानी एलिजावेथ र राजकुमार विलियम्सले सो स्थानमा गएर पीडितलाई राहत दिने काम गरेको बीबीसीले बताएको छ ।

shares