निगमद्वारा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समायाेजन

काठमाण्डौ, असार २ । नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको भाउमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटाइएको हो । निगमका प्रवत्ता सीताराम पोखरेलका अनुसार अब पट्रोल प्रतिलिटर १ सय रुपैयाँमा पाइने छ भने डिजेल र मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा पाइनेछ ।

निगमले खाना पकाउने ग्यासको भाउमा भने कुनै फेर बदल नगरेको जनाएको छ ।