चुनावको मिति सारिनु सरकारको अस्थिर प्रवृत्ति भएको वैद्यको आरोप

काठमाण्डौ, २ असार । सरकारले दुई नम्बर प्रदेशमा स्थानीय चुनाव ३ महिना पछि सारेर तथा दोस्रो चरणको चुनावमा उम्मेदवार मनोनयन २ दिन पर सारेकोमा नेकपा क्रान्तिकारी माओवादीले आपत्ति जनाएको छ ।

आज विज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले अस्थिर चिन्तन र कार्यशैली देखाएर वर्तमान सरकारले नाटक मञ्चन गरेको आरोप लगाउनु भएको हो । सरकारको निर्णयप्रति राजपाभित्रै एकमत नदेखिएकाले सरकारको निर्णय अदूरदर्शी भएको बैद्यको भनाइ छ ।

विज्ञप्तिमा मधेसी लगायत सबै वर्गको हितका लागि वर्तमान संविधान खारेज गरी जनगणतान्त्रिक संविधानको निर्माणका लागि सबैमा अपिल गरिएको छ ।