काठमाण्डौ फोटोग्राफर संघको आयोजनामा फोटो प्रतियोगिता प्रदर्शनी हुँदै

काठमाण्डौ, असार २ । काठमाण्डौ फोटोग्राफर संघले पाँचौं पटक ‘क्यानन केपीए वेडिङ फोटो अवार्ड २०१७’ आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा झन्डै १००० जना फोटोग्राफरहरु सहभागी हुने अपेक्षा संघले गरेको छ । यस प्रतियोगितामा प्रोफेशनल स्टुडियो फोटोग्राफरले भाग लिन पाउने छन् । १ जना फोटोग्राफरले २ ओटा सम्म फोटो समावेश गर्न पाउने आयोजकले बताएको छ ।

प्रतियोतिगामा भाग लिन यही असार २५ गतेभित्र १०×१२ अथवा ८×१२ साईजमा फोटो प्रिन्ट गरी सो फोटोको सफ्टकपिको साथमा फाराम भरेर बुझाउनुपर्ने छ । प्रतियोगितामा विजयी हुने प्रथम, द्वितिय र तृतीयलाई क्रमशः एम फुल फ्रेम क्यामेरा इओएस डीएसएलआर ८डी किट, क्यानन इओएस डीएसएलआर ८०डी किट, क्यानन इओएस डीएसएलआर ७५०डी किट प्रदान गरिनेछ ।

प्रतियोगिताको विजेता धोषणा कार्यक्रम साउन ७ गते काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा गरिनेछ भने उत्कृष्ट सय फोटोलाई ९, १० र ११ गतेसम्म नेपाल परिषद् बबरमहलमा प्रदर्शनीमा राखिने आयोजकले बतायो ।