समलिङ्गी महिला सर्बियाकी नयाँ प्रधानमन्त्री

काठमाण्डौ, २ असार । सर्बियाका राष्ट्रपति एलेक्जेन्डर वुचिचले समलैङ्गी महिलालाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा सिफारिश गरेका छन् ।

रुढिवादी देश मानिने सर्बियामा राष्ट्रपतिको यस कदमलाई निकै ठूलो प्रयास भएको मानिएको छ । उनले एना ब्रनविचलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेका हुन् । अब संसदमा अनुमोदनको लागि औपचारिकता मात्र बाँकि छ । किनकि सत्ताधारी पार्टी र उसको समर्थक दलसँग भारी बहुमत छ ।

यद्दपि एना ब्रबिचलाई लिएर विरोधको स्वर पनि उठ्न थालेको छ । ब्रनविच बाहेक आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकर र लक्जम्बर्गका प्रधानमन्त्री जेवियर बेटेल पनि समलिङ्गी हुन् ।