October 17, 2017

आईपिएलमा आज दुई खेल हुँदै

काठमाण्डौ, १० वैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत आज गुजरात लायन्स र किंग्स एलाभेन पञ्जाब तथा कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा अङ्क तालिकाको पुछारमा रहेको गुजरात लायन्स र तालिकाको छैटौं स्थानमा रहेको किंग्स एलाभेनबीच प्रतिस्पर्धा हुँदैछ । समान ६–६ खेलबाट गुजरात र पञ्जाबले ४–४ अङ्क बटुलेका छन् । नेट रनरेटका आधारमा पञ्जाब छैटौं स्थानमा उक्लिएको हो ।

दोस्रो खेलमा राति ८ः १५ मा कोलकात्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदै छ । ६ खेलबाट ८ अङ्क बटुलेको कोलकात्ता दोस्रो स्थानमा छ भने ६ खेलबाटै ४ अङ्क बटुलेको बैंग्लोर सातौं स्थानमा रहेको छ ।