September 23, 2017

आईएस नेता अल बग्दादी मारिएको हुनसक्ने रुसी रक्षा मन्त्रालयको अनुमान

काठमाण्डौ, २ असार । रुसको रक्षा मन्त्रालयले सिरियामा गत मेमा गरेको हवाई हमलामा आईएसका नेता बर्कर अल बग्दादी मारिएको हुनसक्ने बताएको छ ।

उत्तरी सिरियाको रक्कामा गरिएको हमलामा ३ सय ३० भन्दा बढी आईएस लडाकुसहित बग्दादी पनि मारिएको हुन सक्ने रुसको रक्षा मन्त्रालयले जनाएको हो । रक्कामा आईएसको सैन्य परिषद्को बैठक बसिरहेका बेलाको हवाइ हमला गरिएकाले अधिकांश कमाण्डर पनि मारिएको दाबी रुसको रक्षा मन्त्रालयले गरेको छ ।

अमेरिकी गठबन्धको सेनाले भने रुसको सो दाबी पुष्टि नभइसकेको बताएको छ ।