Breaking News

‘पत्रकार सहारा उपचार कोष’ झापालाई ३१ हजार सहयोग

झापा, २ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ३१ हजार १ सय ३१ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

आज शुक्रबार सहकारीका अध्यक्ष दीपेन्द्र राउतले महासंघ झापा शाखाका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी तथा सह सचिव केशव भट्टराईलाई सहयोग रकम प्रदान गरेका हुन् । पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिइएको छ ।

कोषका लागि विभिन्न दाताहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको र हालसम्म २३ लाख भन्दा बढी रुपैयाँ संकलन भइसकेको कोषका संयोजक गिरीले जानकारी दिए ।

shares