September 25, 2017

अमेरिकी उपराष्ट्रपति पेन्सद्वारा रुसको सम्बन्धबारे अनुसन्धान गर्न नयाँ वकिल नियुक्त

काठमाण्डौ २ असार । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकी राष्ट्रपति निर्वाचनकोक्रममा रुसको सम्बन्धबारे  अनुसन्धान गर्न नयाँ वकिल नियुक्त गरेका छन् ।

उपराष्ट्रपति पेन्सले एक उच्च बर्गका बकिल रिचार्ड कुदेनलाई अमेरिकी राष्ट्रपति निर्वाचनको अभियानमा रुसको सम्बन्धबारे जाचबुझ गर्न नियुक्त गरिएको घोषणा गरेका हुन् ।

यस अघि वकिल रोवर्ट म्युलेरल अमेरिकी न्यायमा राष्ट्रपति डोनाल्ट ट्रम्पले प्रभाबित  पार्न खोजेका भन्ने बिषयमा अनुसन्धान गरिरहेको  अमेरिकी सञ्चार माध्यामले खुलासा गरेका थिए ।

रोवर्टले पनि अमेरिकी निर्वाचनमा रुसको हस्तक्षेप बारे अनुुसन्धान गरिरहेका छन् । एफबिआइएको निर्देशक जेम्स कोमिलाई गत मे ९ मा राष्ट्रपति ट्रम्पले बर्खास्त गरेपछि उनले न्यायमा प्रभावित पार्न खोजेको अमेरिकी सञ्चार माध्यामले जनाएका छन् ।