माध्यामिक शिक्षा परीक्षा एसइइको परीक्षाफल सार्वजनिक

मोहन बल्ल / भक्तपुर २ असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा एसइइको परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले परिक्षामा सहभागि भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये १२ हजार  २ सय  ८४ जनाले ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गरेको जानकारी दिए ।  यस्तै, ४२ हजार ४ सय २७ जनाले ३.२ भन्दा माथि देखि ३.६ जीपीए ल्याएका छन् ।

२.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५० हजार ६ सय ४६ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६१ हजार ९ सय ५५ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीए ल्याउने १ लाख ८ हजार ४ सय ६४ छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ रहेका छन् ।

०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् । परिक्षामा सामेल भएका मध्ये २ सय १९ जनाको परिक्षा रद्ध गरिएको छ ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले नतिजा प्रकाशित मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने व्यवस्था गरिएको छ ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिन्छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np,  राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np,  र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।