October 22, 2017

फ्रान्समा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाण्डौ, १० वैशाख । निकै कडा सुरक्षा व्यवस्थाबीच फ्रान्समा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।

निर्वाचनमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था निकै कडा गरिएको हो । यसअघि हिजो विदेशमा रहेका करिब १० लाख फ्रान्सेली नागरिकले आफनो मताधिकारको प्रयोग गरेका थिए । राष्ट्रपतिका लागि ११ जना चुनावी मैदानमा होमिएका छन् । ती मध्ये पाँच जनाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

नेशनल फ्रन्टका मैरिन ल पेन, एन मार्शका इम्यानुल म्याक्रो, दि रिपब्लिकन्सका फ्रान्स्वा फियो, ला फ्रान्स इन्सोमाइजका जा लुक मेलाशो र सोसलिष्ट पार्टीका बेनवा एमोबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मतदाताको सुरक्षाका लागि ५० हजार प्रहरी र ५ हैजार सेना तैनाथ गरिएको छ ।

केही दिन अगाडि राजधानी पेरिसको मुख्य सडकमा प्रहरी बसलाई लक्षित गरी विस्फोट गराइएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।