September 23, 2017

यी यी चीज खानुहोस्, हड्डी मजबुत हुन्छ

काठमाण्डौ, १ असार । स्वस्थ मानिसले नै जस्ताेसुकै काम सहजै गर्न सक्छ । यसका लागि शरीरकाे मेरुदण्ड मानिने हड्डी मजबुत हुनुपर्छ ।

कसरी बनाउन सकिन्छ त हड्डीलाई बलियाे ? अाउनुहाेस् यसबारे चर्चा गराैं-

१. पालुंगोको साग


पलुंगोको सागमा क्याल्सियम, आइरन, फलिक एसिड, म्याग्नेसियम, पोटासियम, भिटामिन ‘के’ जस्ता न्युट्रियन्स हुने गर्दछ, जसले हड्डी बलियो बनाउने गर्दछ ।

२. पनिर


पनिरमा भरपूर मात्रामा क्याल्सियम हुने गर्दछ । यसका साथै भिटामिन ‘डी’ पनि हुने गर्दछ, जुन हड्डी बनाउन मद्दत गर्ने कारक तत्व हो ।

३. दूध


दूध वा दूधका परिकार स्वास्थ्यका साथै हड्डी पनि बलियो बनाउने गर्दछ । किनकि दूधमा क्याल्सियम, म्याग्नेसियम आदि न्युट्रियन्स हुने गर्दछ ।

४. अण्डा


अण्डामा क्याल्सियम, भिटामिन ‘डी’ जस्ता स्वस्थ न्युट्रियन्स हुने गर्दछ । जसलाई हड्डी बनाउने तत्वको रुपमा लिइने गरिन्छ ।

५. शखर


शखर गुलियोको साथै स्वास्थ्यवद्र्धक पनि छ । यसमा क्याल्सियम, आइरन, फस्फोरसजस्ता प्रोटिनको मात्रा हुन्छ, जुन हड्डी बलियो बनाउन महत्वपूर्ण साबित हुन्छ ।