November 19, 2017

‘दिल्लीमा प्रत्येक दिन १२ देखि १५ बालबालिका हराउँछन्’

काठमाण्डौ, १ असार । दिल्ली पुलिसको तथ्यांक अनुसार, यो वर्षको अघिल्लो ५ महिनामा मात्र पन्ध्र सय बालबालिका हराइरहेका छन् ।

यो तथ्यांकलाई दैनिक रुपमा हेर्ने हो भने दिल्लीमा १२ देखि १५ जना बालबालिका दैनिक रुपमा हराउने गर्दछन् । पुलिसका उप–अधिकारी राजन भगतले बताए । साथै यो तथ्यांक निकै डरलाग्दो र खतरनाक पनि छ ।

यसो हुनुमा कम मूल्यमा बालबालिकाको अपहरण गर्ने गिरोहको हात रहेको पुलिसको दाबी गरेको छ ।