September 26, 2017

भारत बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य पछ्याउँदै

काठमाण्डौ, १ असार । च्याम्पियन्स ट्रफी अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भारत र बंगलादेशबीच खेल भइरहेको छ । भारत बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य पछ्याउँदै छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । उसका लागि तामिम इकबल र मुसफिकर रहिमले अर्धशतकको पारी खेले । त्यस्तै कप्तान मसरफि मोर्तजाले उत्कृष्ट ३० रनको पारी खेले ।

भारतका लागि भुवनेश्वर कुमार, बुमराह र केदार जाधवले समान २–२ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले १ विकेट लिए । आजको विजेताले फाइनलमा पाकिस्तानसँगको भेट पक्का गर्नेछ ।