September 26, 2017

चीनमा विद्यालय नजिक विस्फोट, ७ को मृत्यु

काठमाण्डौ, १ असार । पूर्वी चीनको एक विद्यालय नजिक भएको विस्फोटमा परी ७ जनाको मृत्यु भएको छ ।

जियांगसु प्रान्तको जुझाउ शहरमा स्थानीय समयअनुसार अपराह्न ५ बजे विस्फोट भएको चीनको समाचार संस्था सिन्ह्वाले बतायो । विस्फोटमा परी अन्य ६० जना घाइते भएका छन् । अभिभावकले विद्यार्थी लिन गएका बेला विद्यालयको प्रवेशद्वार अगाडि विस्फोट भएको सञ्चारमाध्यमले जनाएका छन् ।

२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ५ को उपचारका अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । मर्नेहरुमा कुन उमेर समूहका व्यक्तिहरु हुन्, सो कुरा खुल्न सकेको छैन । विस्फोट हुनुको कारण पत्ता नलागिसकेको बताइएको छ ।