नेपालगञ्जमा नेपाली कांग्रेसको क्षेत्रीय मिडिया सेन्टर स्थापना

कमला हमाल / नेपालगञ्ज, १ असार । नेपालगञ्जमा नेपाली कांग्रेसको क्षेत्रीय मिडिया सेन्टर स्थापना गरिएको छ ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख रमेश लेखकले मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै लेखकले कांग्रेसको नेतृत्वमा संविधान आएको भन्दै देशको विकास गर्नका लागि पनि कांग्रेसलाई जिताउन मतदाताहरुलाई आग्रह गरे ।

चुनावमा सञ्चारमाध्यमहरुको महत्वपूर्ण भूमिका औल्याउँदै लेखकले २१ औं शताब्दीमा सञ्चारमाध्यम नै चुनाव प्रचार प्रसारको हतियार भएको टिप्पणी गरे । स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस बाँके प्रचार विभागको आयोजनामा क्षेत्रीय मिडिया सेन्टर समुद्घाटन कार्यक्रम राखिएको हो ।